दार्चुलाको एक विद्यालयमा तालाबन्दि, प्रधानाध्यापक भट्टको राजिनामा माग

हजारी महरा दार्चुलाः दार्चुलाको एक विद्यालयमा तालाबन्दी गरिएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका वडा न. २ तौकीमा रहेको भुमिराज माध्यमिक विद्यालयमा तालाबन्दि गरिएको हो । जेठ ४ गते विहिवार विद्यालयमा अभिभावकहरुले तालाबन्दि गरेका हुन् । आव वर्ष २०७७ देखि अहिले सम्म विद्यालयको आय व्ययको कुनै सुनुवाई नभएकाले तालाबन्दि गर्नु परेको बताईएको छ । साथै अभिभावकले प्रधानाध्यापक हरिना भट्टको राजिनामा समेत माग गरेका छन् । उनिहरुले प्रअको बानी व्यवहार राम्रो नभएको र आफनै मनपरीले चल्ने अभिभावकको भनाई छ । तालाबन्दी गरेदेखि प्रधानाध्यापकले विद्यालयप्रति कुनै वास्ता नगरेको समेत उनिहरुको भनाई छ । उल्टै प्रधानाध्यापक भट्ट विद्यालय नआएर घुम्न गएको पाईएको अभिभावकले बताएका छन् । वि.स २०३६ सालमा स्थापना भएको उक्त विद्यालयमा कक्षा १० सम्म पढाई हुदै आएको छ । उक्त विद्यालयमा १९२ जना विद्यार्थी अध्यनरथ रहेका छन् । साथै अभिभावकका अनसार विद्यार्थी विहान ७ बजे विद्यालय गएपनि आठ नबज्दै घर आउने गरेका छन् । विद्यालयमा ताला लगाएको तर विद्यालयमा एक शिक्षक पनि नहुने गरेको उक्त विद्यालयमा अध्यनरथ विद्यार्थीहरुको गुनासो छ । यस्तै अभिभावकले सुचना निकालेर वडा र नगरमा पठाउने तयारीमा रहेको बताएका छन् । यता प्रधानाध्यापक हरिना भट्टले भने आव वर्ष २०७७÷७८ मा कोरोना कहरका कारण आय व्यय प्रस्तुत गर्न नसकिएको बताउनुभयो । उनले दुईचार जना आएर तालाबन्दी गरेको बताईन् । साथै उनले नगर प्रमुखसँग कुरा भईरहेको बताए । यस्तै विद्यालयको ताला कहिले खुल्छ भन्ने प्रश्नमा प्रधानाध्यापक भट्टले छिट्टै विद्यालयको ताला खोलिने र नगरप्रमुखको निर्देशन अनुसार चलिरहेको उनको भनाई छ । उनले अबको केहि दिनमै पढाई सुरु गरीने प्रधानाध्यापक भट्टले बताईन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.