दोगडाकेदार गाउँपालिकामा पालिका स्तरीय पोषणमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखिकरण तालिम सम्पन्न
केशब महरा बैतडीः बैतडीको दोगडाकेदार गाउँपालिकामा पालिका स्तरीय पोषणमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । बुधबार गाउँपालिकाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा आधारभुत अवधारणा, पोषणको अवस्था सुधारका बारेमा छलफल भएको पोषण सहजकर्ता तथा संञ्चालक जगदीश सिह कार्कीले बताए । साथै तालिममा बहुक्षेत्रीय पोषण योजना अवधारणा, लक्ष्य, उदेश्य र संस्थागत संरचना र जिम्मेवारीका विषयमा समेत छलफल भएको छ । यस्तै पोषण स्थानिय शासनको अवधारणा, रणनिति र पोषणमैत्रि स्थानिय तह घोषणाको चरणहरुको वारेमा कार्यक्रममा छलफल भएको कार्कीले जानकारी दिए । कार्यक्रममा पोषणमैत्री स्थानिय तह घोषणाका सुचकहरु तथा पोषणमैत्री स्थानिय तह घोषणामा विभिन्न निकायहरुको भुमिकाका वारेमा पनि छलफल गरीएको छ । तालिममा दोगडाकेदार गाउँपालिकाको पोषणमैत्री हालको सूचकको अवस्था लेखाजोखाका लागि समेत छलफल गरिएको पोषण सहजकर्ता तथा सञ्चालक जगदीश सिह कार्कीले बताउनुभयो । पालिका अध्यक्ष चक्र बहादुर कार्कीको सभाध्यक्षमा सञ्चालन भएको कार्यक्रममा पालिकाका सबै वडाका वडा अध्यक्ष, स्वास्थ्य संस्थाका ईन्चार्ज जनप्रतिनिधि तथा पोषण सहजकर्ताको उपस्थिति रहेको थियो ।