बैतडीमा टिप्पर दुर्घटना, एक जना घाइते
हरिशचन्द्र भाट बैतडी– बैतडीको सुर्नया गाउँपालिका वडा नं ६ मा टिप्पर दुर्घटनामा परेको छ । सुर्नया गाउँपालिका ६ को खरकारधारमा से १ ख १६५८ नम्बरको टिप्पर दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता लोक राज जोशीका अनुसार टिप्पर दुर्घटनामा परी सहचालक २४ वर्षिय अशोक बोहरा घाइते भएका छन् । घाइते बोहराको टाउको, ढार र खुट्टामा चोट लागेको प्रहरीे प्रवक्ता जोशीका बताए । घाइते बोहरालाई उपचारका लागि डडेल्धुरा पठाइएको बताइएको छ । टिप्परमा चालक र सहचालक मात्रै सवार रहेका र चालक सकुशल रहेका छन्।