बैतडीको गाँजरीमा रहेको कृषि विकास बैंकका महिला कर्मचारी माथि कुटपिट

बैतडीः बैतडीको सिगास गाउँपालिका–२ मा रहेको कृषि विकास बैंकका कार्यरत महिला कर्मचारी माथि कुटपिट भएको छ । जिल्लााको सिगास गाउँपालिका १ का २८ वर्षीय केशव धामीले कृषि विकास बैंकको कार्यालय सहयोगीको रुपमा रहेका कार्यरत २८ वर्षीया सुसिला धामी माथि कुटपिट गरेका हुन् । शनिबार आज दिउँसो गाँजरी बजारमा सुसिला माथी कुटपिट भएको हो । कुटपिट गर्ने धामीलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय पाटन पठाईएको गाँजरी प्रहरीले जनाएको छ । धामीले मदिरा सेवन गरी कुटपिट गरेको प्रहरीले भनाई छ । महिलाको अनुहार लगायत शरीरका विभिन्न अंगमा चोट लागेको जनाएकोे छ । कुटपिको कारण भने खुल्न सकेको छैन। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाईएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.