बैतडीको पाटनमा ट्याक्टर दुर्घटना
बैतडीः बैतडीको पाटनमा ट्याक्टर दुर्घटनामा परेको छ । शुक्रबार आज करिब दिउँसो १२ बजेको समयमा पाटनबाट सुर्नया नदीबाट बालुवा लगिरहेको सु.प.प्र. ०१००२ त ४९५३ नम्बरको ट्याक्टर पाटन ६ को लोर्खामा दुर्घटनामा परेको हो ।
ट्याक्टरमा चालक सहित ३ जना सवार रहेका थिए । उनिहरु सकुसल रहेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेको छ । घटनाका थपे अनुसन्धान भइरहेकोे छ ।