दोगडाकेदारमा फस्फोराईड अन्बेषणात्मक ड्रीलीङ कार्यको मन्त्री भट्टले गरे उद्धघाटन

बैतडी–असोज १७/ बैतडीको दोगडाकेदार गाउँपालिकामा फस्फोराईड अन्बेषणात्मक ड्रीलीङ कार्यको उद्धघाटन गरिएको छ । गाउँपालिकाको वडा नम्बर ७ बसौरामा नेपाल सरकारका उद्योग, बाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टले उक्त कार्यको उद्धघाटन गर्नुभएको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले जानकारी दिनुभयो । उक्त ठाउँमा डोलोमाईड चट्टान पत्ता लागे पछि खानी तथा भुगर्भ बिभागले रसायनिक मल बनाउने कारखानाका लागी डोलोमाईड चट्टान उत्खन्न गर्ने तयारी गरेको हो ।

यस अगाडी खानी तथा भुगर्भ बिभागले असोज ५ गते प्राबिधिकको टोली बैतडी पठाएको थियो । बिभागका बरिष्ठ भुगर्भबिद कुमार खड्का र भुगर्भबिद सुजन देबकोटा लगायतको बिज्ञ तथा प्राबिधिकहरुको टोली असोज १२ गते बैतडीको दोगडाकेदार पुगेको थियो । खानी तथा भुगर्भ बिभागले चासो देखाए पछि अब गाउँपालिकामा फस्फोराईड खानी उत्खनन हुने भएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.