दनपाका अधिकांश बजारमा खानेपानिको अभाब

केशब महरा बैतडिः बैतडिको दशरथचन्द नगरपालिका भित्रका अधिकांश बजारमा खानेपानिको अभाब भएको छ । जिल्लाको देहिमाण्डौँ,शाहिलेक,सदरमुकाम गोठलापानी गढि बजारमा खानेपानिको समस्या भएको हो । जिल्लामा होटेल व्यवसाय गरिरहेका व्यापारीले खानेपानिको समस्या भएको गुनासो गर्ने गरेका छन् ।

विशेषत जिल्लामा रहेका होटेल व्यवसायीहरुले खानेपानिको अभाब हुदा जिल्लामा व्यवसाय गर्न समस्या भएको गुनासो गर्ने गरेका हुन् । सदरमुकाम क्षेत्रमा खानेपानीको निकै अभाव रहेको स्थानीयहरुको भनाई छ । पानी आपूर्तीमा अभाब हुन थालेपछि सदरमुकाम क्षेत्रमा भाडा गरी बस्ने र होटेल व्यवसायीहरु मर्कामा परेका छन् । पानीकै कारण होटेल व्यवसाय बन्द गर्नुपर्ने अवस्था आएको होटेल व्यवसायीहरुले बताउने गरेका छन् ।

यता बैतडी साना सहरी खानेपानीको पाइपमा चुना जमेर पानी आपूर्तिमा समस्या आएको दाबी गरिएको छ । यस्तै देहिमाण्डौँ,शाहिलेक,गोठलापानी गढि बजारमा खानेपानीको लाइन समेत जीर्ण भएकाले सुख्खा समयमा खानेपानीको चरम अभाब हुने गरेको छ । पानीको आपुर्तिमा यति अभाव हुँदा पनि सरोकारवालाहरुले कुनै ध्यान नदिएको स्थानीयहरुको गुनासो रहेको छ । सरोकारवाला निकायले यसमा ध्यान दिनु जरुरी देखिन्छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.