आइपीएलमा सट्टेबाजी लाउने, दार्चुलाका ४ जना पक्राउ
दार्चुलाः दार्चुला जिल्लाका चार जनालाई भारतमा सञ्चालन भइरहेको इन्डियन प्रिमियर लिग (आइपीएल)मा सट्टेबाजी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। जिल्लाको महाकाली नगरपालिका ४ तिंकर खेडाबाट उनीहरुलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार जनक बडाल, नवीन अवस्थी, बिरू बुढाथोकी र ईन्द्र सिंह ऐरी पक्राउ परेका हुन ।
उनीहरू तीन लाख ५६ हजार ४ सय २० रुपैयाँसहित पक्राउ परेका हुन्। उनीहरूलाई अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको दार्चुला प्रहरीले जनाएको छ। उनीहरुलाई मंगलवार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।