पुर्चाैडीका १० वटै वडामा अपाङ्गता व्यक्तिहरूको शारीरिक परिक्षण शिविर सञ्चालन गरिदै
जिल्लाको पुर्चाैडी नगरपालिकाले अपाङ्गता परिचय पत्रका लागि शारीरिक परिक्षण शिविर सञ्चालन गर्ने जनाएको छ । अपाङ्गता भएका तर परिचय पत्र पाउन नसकेका लागी नगरपालिकाले उक्त शिविर सञ्चालन गर्न लागेको हो । नगरपालिकाका १० ओटै वडामा रहेका स्वास्थ्य चौकीहरूमा उक्त शिविरको आयोजना गरिने नगरपालिकाका नगरप्रमुख दीपक बहादुर बमले बताए। एमबिबिएस डाक्टर सहितको टोलीले अपाङ्गता भएका व्यक्तिहरूको परिक्षण गर्ने जनाएको छ ।
भौगोलिक परिस्थितिका कारण सबै अपाङ्गता भएका व्यक्तिहरू नगरपालिका सम्म पुग्न सम्भव हुन नसकेपछि वडा वडामै पुगेर उनीहरूको स्वास्थ्य परिक्षण गर्न शिविरको आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्टले जानकारी दिनुभयो । शिविर भोलिबाट सुरु भइ जेठ ६ गते सम्म सञ्चालन हुनेछ ।