नेपालसँगै विश्वकप छनोट खेल्ने १० राष्ट्रको टुंगो

काठमाडौं । आगामी महिना जिम्बावेमा आयोजना हुन लागेको आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको छनोटमा सहभागी हुने सबै १० देशको टुंगो लागेको छ ।
आयरल्यान्डले विश्वकप सुपर लिगको शीर्ष ८ मा रहेर सिधा विश्वकप खेल्ने अवसर गुमाएसँगै छनोटमा सहभागी रहने १० देशको टुंगो लागेको हो । आइसीसी एकदिवसीय विश्वकपमा छनोट हुनका लागि जिम्बावेमा आयोजना हुने विश्वकप छनोट खेलमा १० राष्ट्रले सहभागीता जनाउदै छन् ।
विश्वकप छनोट आगामी १८ जुन देखि ९ जुलाई सम्म आयोजना हुनेछ । सुपर लिगको अन्तिम सिरिजको पहिलो खेलमा बर्षाका कारण खेल रद्द भए पछि बंगलादेशसँग अंक बाडेको आयरल्यान्डले सिधा विश्वकप छनोटको अवसर गुमाएको हो ।
सुपर लिगमा सहभागी रहेका श्रीलंका,वेस्ट इन्डिज,जिम्बावे र नेदरल्यान्ड्सले यस अघि नै विश्वकप छनोट खेल्ने पक्का भईसकेको छ । त्यसमा अब आयरल्यान्ड पनि थपिएको छ ।

१३ राष्ट्र सहभागी सुपर लिगबाट आयोजक भारत,पाकिस्तान,अस्ट्रेलिया,न्युजिल्यान्ड,बंगलादेश,इंग्ल्यान्ड र अफगानिस्तान सिधा विश्वकपका लागि छनोट भईसकेका छन् । यसमा अब दक्षिण अफ्रिका थपिएको छ । विश्वकप छनोटमा लिग टू बाट नेपाल, स्कटल्यान्ड र ओमानले स्थान बनाएका छन् । गत महिना सम्पन्न ६ देश सम्मिलित विश्वकप प्लेअफ क्वालिफायरबाट अमेरिका र युएई शीर्ष दुईमा रहँदै विश्वकप छनोटमा पुगेका छन् ।

क्रिकेट विश्वकप छनोट खेल्ने सहभागी १० टोलीः वेस्ट इन्डिज, श्रीलंका, जिम्बावे, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड, ओमान, नेपाल, अमेरिका, युएई

सम्बन्धित

Leave A Reply

Your email address will not be published.