डोटीमा घाँटीमा मासुको हड्डी अड्किएर एक जनाको मृत्यु
डोटी ः डोटीमा घाँटीमा मासु अड्किँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका–५ का ५० वर्षीय पदम नेपालीको खाना खाने क्रममा मासुको चोक्टा घाँटीमा अड्किँदा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद धमलाका अनुसार शुक्रवार राती खाना खाने क्रममा घाँटीमा मासु अड्किएपछि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको धमलाले जानकारी दिए । मृतकका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।