दनपाका मुख्य बजारमा सिसी क्यामेरा जडान,,अपराधिक क्रियाकलापमा कमी आउने विश्वास

हजारी महरा बैतडी – बैतडीको दशरथचन्द नगरपालिकाद्धारा मुख्य बजार क्षेत्रमा सिसी क्यामेरा जडान गरिएको छ। नगरपालिकाद्धारा देहीमाण्डौँ, शाहिलेक, गोठलापानी गढी र झुलाघाट बजारमा सिसी क्यामेरा जडान गरिएको हो । नगरपालिकाले मूख्य बजार क्षेत्रमा १८ ओटा सिसी क्यामेरा जडान गरिएको नगरपालिकाका सूचना अधिकारी राज बहादुर विष्टले बताए। अपराधिक क्रियाकलाप न्यूनीकरण गरि सुरक्षा व्यवस्थालाई थप सुदृढीकरण गर्न क्यामेरा जडान गरिएको नगरप्रमुख पुष्कर जोशी लख्खा भाइले बताए । जिल्ला प्रहरी कार्यालय बैतडीको पहलमा सिसी क्यामेरा जडान गरिएका हुन् । बजार क्षेत्रका सबै गतिविधि जिल्ला प्रहरी कार्यालयमा देखिने गरी क्यामरा जडान गरिएका हुन् । आपराधिक गतिविधि नियन्त्रणमा सहज हुने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । प्रहरीले निगरानी गर्ने गरि जडित सिसी क्यामेराले चोरी लगायतका अन्य अपराधिक क्रियाकलाप कम भई बजार क्षेत्र शान्त र सुरक्षित हुने विश्वास गरिएको छ । अन्य बजार क्षेत्रमा पनि आगामी वर्षको बजेटबाट क्यामेरा खरिद गरेर जडान गरिने नगरप्रमुख पुष्कर जोशी लख्खा भाइले बताए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.