बैतडीको पुर्चौडी नगरपालिकाले पायो हाकिम

हजारी महरा बैतडी – बैतडीको पुर्चौडी नगरपालिकाले हाकिम पाएको छ । तीन महिनादेखि हाकिम विहिन भएको नगरपालिकाकाले हाकिम पाएको हो । विगत तीन महिना देखि हाकिम विहिन रहेको नगरपालिकाले बुधबार आजबाट हाकिम पाएको हो । पुर्चौडी नगरपालिकामा अहिले भानुभक्त भट्ट प्रमुख प्रशासकिय अधिकृतको रुपमा हाजिर भएका हुन । पुर्चौडी नगरपालिकामा अहिले भानुभक्त भट्ट प्रमुख प्रशासकिय अधिकृतको रुपमा हाजिर भएका छन्। भट्टलाई संघीय मामीला तथा सामान्य प्रशासन मन्त्रालयले बैशाख ८ गते पुर्चाैडी सरुवा गरेको थियो । यसअघि रक्षा मन्त्रालयमा कार्यरत भट्ट बुधबार आज कार्यालयमा हाजिर भएका नगरपालिकाका नगर प्रमुख दिपक बहादुर बमले बताए । लामो समय देखि प्रमुख प्रशासकीय अधिकृत रहेको पालिकामा समस्या भएकोमा अब कामकाज गर्न सजिलो हुने उनले बताए । प्रमुख प्रशासकीय अधिकृत हाजिर भएसंगै रोकिएका आर्थिक कारोबार लगायतका अन्य कामकारबाही सुरु गरिने नगर प्रमुख बमले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत नहुँदा सामाजिक सुरक्षाभत्ता, कर्मचारीको तलब लगायतका सबै भुक्तानीहरु रोकिएकोमा अब सहज हुने नगर प्रमुख  बमले बताए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.