सुर्नया गाउँपालिका ३ का बिष्टले फलाए च्याउ
हरिशचन्द्र भाट ः बैतडी = बैतडीको सुर्नया गाउँपालिका ३ स्थित बाँसका करन सिह बिष्टले च्याउ फलाएका छन । उनले घरमा भएको बाख्रा पाल्न बनाएको खोरलाई प्रयोग गर्दै च्याउ फलाएको हुन् । कृषि ज्ञान केन्द्रले बिउँ दिएको र आफुले च्याउ खेती सुरु गरेको उनले बताए । फोर्म भरेको र कृषि ज्ञान केन्द्रले अनुदान १० किलो च्याउको बिउ र प्लास्टिक दिएको उनले भने । १० किलो च्याउबाट आफुले सुरुमा अहिले चार किलो फलाएको उनले बताए । लगाएको चार किलोमा आफुले १८ देखि २० किलो सम्म फल्ने अनुमान गरेको उनले बताए । बिष्टले १५–२० दिन भित्रै च्याउ फलाएको बताए । प्रति किलो च्याउ डेढ सय देखी दुई सय सम्म बिक्री गरिने उनले बताएका छन । च्याउ सुख्खा ठाँउमा हुने भएकाले अझै कोठाको तयारी गरिहेको उनले बताए ।