बैतडीमा एक जना झुन्डिएको अवस्थामा मृत फेला

हरिशचन्द्र भाट बैतडी ः बैतडीमा एक जना झुन्डिएको अवस्थामा मृत फेला परेका छन । जिल्लाको सुर्नया गाउँपालिका वडा न ७ पत्थरकोटका लक्ष्मण कुवर झुन्डिएको अवस्थामा मृत फेला परेका हुन । १८ बर्षिय उनी आज बिहान ७ बजेको समयमा मृत फेला परेको बताइएको छ । उनि सुर्नया ६ मोतिनगर बजारमा होटेल व्यबसाय गर्दै आएका थिए । घटना के कसरी भएको भन्ने खुल्न सकेको छैन । घटनास्थलतर्फ प्रहरी गइरहेको बताइएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.