दार्चुलामा तुइनबाट खसेर एक जना पुरुष बेपत्ता
हरिशचन्द्र भाट, दार्चुला – दार्चुलामा तुइनबाट खसेर एक पुरुष बेपत्ता भएका छन । महाकाली नदीमा खसेर एक पुरुष बेपत्ता भएका हुन् । जिल्लाको व्याँस गाउँपालिका २ दुम्लिङका ४४ वर्षीय सिङ्दल सिंह भण्डारी तुइनबाट खसेर बेपत्ता भएका वडा अध्यक्ष धिरेन सिंह बुढाथोकीले बताए । शनिबार आज दिउँसो साढे १ बजेतिर भण्डारी नेपालबाट भारत जाने क्रममा तल्लो दुम्लिङस्थित तुइन घाटबाट खसेर बेपत्ता भएका वडा अध्यक्ष बुढाथोकीले बताए । तुइनबाट एकजना मानिस खसेको खबर आएको र घटनास्थलतर्फ प्रहरीचौकी दुम्लिङबाट टोली खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।बेपत्ता पुरुषको खोजि कार्य चलिरहेको प्रहरी प्रवक्ता निरीक्षक सिंहले बताए ।