बैतडिका अधिकांस ग्रामिक सडक मर्मत नहुदा समस्या, सडक निर्माणमा जनप्रतिनिधिहरुले ध्यान दिनुपर्ने स्थानियको माग

बैतडि, केशब महरा ः बैतडिका अधिकांस कच्चि सडक मर्मत नहुदा यात्रा गर्ने यात्रीलाई समस्या भएको छ । जिल्लाका अधिकांस ठाँउमा सडक काटिएको भएपनि स्तरोउन्नति नहुदा समस्या भएको हो । जिल्लाको सिगास गाउँपालिका,सुर्नया, पुर्चाैडिनगरपालिका,दोगडाकेदार,डिलासैनि गाउँपालिका,दशरथचन्द,नगरपालिका मेलौलि नगरपालिका,पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका र पाटन नगरपालिका लगाएतका ग्रामिक ठाउँका सडक पूनः निमार्ण नहुदा समस्या भएको हो । ग्रामिक ठाउँमा सुरुमा कटिङ भएका सडकहरुमा अहिले मर्मतको लागि कसैको ध्यान जान सकेको छैन । सुरुमा काटिएका सडक अहिले हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे अवस्थामा भेटिन्छन । जिल्लाका अधिकांस कच्चि ठाउँका सडकहरुमा अहिले यात्रा गर्न निकै समस्या भएको यात्रीहरुले बताउने गरेका छन । जिल्लाका धेरैजसो सडक एक चोटि काटिए पनि दोस्रोचोटि मर्मतका लागि भने कसैको ध्यान जान नसकेको स्थानियले बताउँने गरेका छन । सुरुमा काटिएका सडकमा अहिले गाडि जान्छन तर जोखिम मोलेर जानु पर्ने बाध्यता रहेको गाडि व्यवसायीले बताउने गरेका छन । यात्रु हुन्छन हामिले सडक अप्ठयारो छ भन्छौ तर पनि यात्री मान्दैन केहि हुदैन जाऔँ भन्छन हामि पनि कच्चि सडकमा जान बाध्य हुन्छौ जिप व्यवसायीले भने पछिल्लो समय बैतडिका अधिकांस सडकमा दुर्घटना बढेको छ । टा«फिक नियमको पालना नहुनु टा«फिकले चेकजाच गर्ने गरेको पाईदैन, मान्छे सिट क्षमताभन्दा बढि हाल्ने गर्नाले पनि दुर्घटना बढ्दै गएको देखिन्छ । टा«फिक नियमको पालना नहुनाले दुर्घटना बढि हुने गरेको प्रत्यक्षदर्सी व्यापारी बताउँछन । टा«फिक नियमको पालना कडा भए दुर्घटना कम हुने बैतडिका व्यापारिहरुको भनाई रहेको छ । गाडिको छतमा समेत यात्रू हालेर लैजान्छन चाहिने सिट भन्दा बढि मान्छे र सामान हालेर हुईकिन्छन टा«फिकको आँखा छलेर जान्छन अनि दुर्घटनामा पर्छन बैतडिका व्यापारीले भने । टा«फिक नियमको पालना भए ग्रामिक ठाउँका सडक स्तरोउन्नति भए सिट क्षमतामा यात्रु हाले दुर्घटना कम हुने यहाँका व्यपारी र स्थानियको भनाई छ । साथै स्थानिय जनप्रतिनिधिले ग्रामिक ठाउँका साँघुरा सडक स्तरोउन्नतिमा ध्यान दिएर मर्मतको काम अघि बढाए यात्रा गर्न सजिलो हुने यहाँका यात्रीहरुले बताएका छन । साथै स्थानियले सडक निर्माणमा जनप्रतिनिधिहरुले ध्यान दिएर छिटो काम अगाडि बढाउन माग गरेका छन् । सडक निर्माणले गति लिए यात्रा गर्न सजिलो हुने स्थानियहरुको भनाई छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.