बैतडीको सुर्नयामा छुट अपाङ्गता व्यक्तिलाई परिचय पत्र वितरण

बैतडी– जिल्लाकोे सुर्नया गाउँपालिकामा छुट अपाङ्गता व्यक्तिलाई परिचय पत्र वितरण गरिएको छ । मंगलबार आज शिविरको आयोजना गरेर छुट अपाङगता व्यक्तिहरुको परिचय पत्र निर्माण गरेर वितरण गरिएको हो । २८ जना व्यक्तिलाई अपाङगता परिचयपत्र वितरण गरिएको गाउँपालिकाको महिला तथा बालबालिका शाखामा कार्यरत कर्मचारी निर्मला चन्दले बताइन् । उनका अनुसार ९ जनाले क वर्गको,१४ जनाले ख वर्गको १० जनाले ग वर्गको र २ जनाले घ वर्गको अपाङ्गता परिचय पत्र पाएका छन् । यी मध्ये ९ जनाको परिचयपत्र परिमार्जन गरिएको र बाँकीलाई नयाँ बनाएर वितरण गरिएको बताइएको छ । मुक्त हलिया सशक्तिकरण अधिकार परियोजना अन्तर्गत शिविर सञ्चालन गरेर छुट अपाङगता व्यक्तिलाइ परिचय पत्र वितरण गरिएको जिल्ला हलिया मुक्ती समाजका उपाध्यक्ष जयराम बिसीले बताए । अपाङ्गता भएका व्यक्तिहरुले दिएको निवेदनमा छानविन गरेर वर्गिकरण सहित परिचय पत्र निर्माण गरेर वितरण गरिएको उनले जानकारी दिए । अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्रले राज्यबाट सेवा सुविधा लिन सहज हुने भएको छ । गाउँपालिका अपाङ्गता समितिको आयोजनामा सम्पन्न शिविरमा गाउँपालिका उपाध्यक्ष मञ्जु बोहरा, हलिया मुक्ती समाजका केन्द्रिय सदस्य राजुराम भुल, सुरक्षा कर्मी, कर्मचारीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.