बैतडीमा ८ वर्षिया बालिका मृत फेला
बैतडी– बैतडीमा एक बालिका मृत अवस्थामा फेला परेकी छन् । पाटन नगरपालिका वडा नं ४ स्थित पलेटाका रमेश चन्दकी ७ वर्षिया छोरी ललिता चन्द मृत फेला परेकी हुन् । सोमबार हिजो दिउंसोबाट सम्पर्क विहिन भएकी ललिता मंगलबार (आज) विहान वडाकै मङराउ खोलामा मृत अवस्थामा भेटिएकी मृतका आफन्त राजेन्द्र चन्दले बताए । मृत्युको कारण भने खुल्न सकेको छैन् । प्रहरीको टोली घटनास्थल पुगेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।