पुर्चौडी बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बनाउने निर्णय
बैतडि ः जिल्लाको पुर्चौडीनगरपालिका स्थित पुर्चौडी बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बनाउने निर्णय भएको छ । विश्वविद्यालय सभाले उक्त निर्णय गरेको सुदूरपश्चिम विश्वविद्यालयका सूचना अधिकारी सन्तोष बिष्टले बताए । पुर्चौडी क्याम्पस लगायत सुदूरपश्चिममा रहेका ५ वटा क्याम्पसलाई आंगिक क्याम्पस बनाउने निर्णय भएको बिष्टले जानकारी दिए । बिष्टका अनुसार डडेल्धुराको भीमदत्त बहुमुखी क्याम्पस, बझाङको दिप बहुमुखी क्याम्पस, यस्तै बझाङकै सुनकुडा बहुमुखी क्याम्पस र कञ्चनपुरमा रहेको कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई पनि आंगिक क्याम्पस बनाउने निर्णय भएको उनले बताए । अब विश्वविद्यालय अनुदान आयोग हुँदै शिक्षा र अर्थ मन्त्रालयमार्फत दरबन्दी स्विकृतिका लागि प्रक्रिया अगाडि बढने उनले बताए । यसअघि सुदूरपश्चिममा रहेका १५ सामुदायिक क्याम्पसलाई आंगिक क्याम्पस बनाइएको थियो । बैतडीमा अहिले जगन्नाथ बहुमुखी क्याम्पस गोठालापानी,पाटन बहुमुखी क्याम्पस पाटन र मेलौली बहुमुखी क्याम्पस सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस रहेका छन ।