बैतडीमा जीपको ठक्करबाट एक वृद्धाको मृत्यु
हरिशचन्द् भाट, बैतडी चैत २२ – बैतडीमा जीपको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका ३ धौकुचे बस्ने ७५ वर्षीया गौरा नाथको मृत्यु भएको हो । सु प प्र ०१००१ ज १२९४ नम्बरको जीपले गौरालाई गोकुलेश्वर–गन्ना सडकखण्ड घर नजिकै धौकुचे सडकमा हिँडिरहेका वेला आज (बुधबार) अपराह्न ४ बजे ठक्कर दिइएको हो । जीपको ठक्करबाट गौराको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।