बैतडीः शनिबार उद्घाटन हुँदै पाटन बिमानस्थल, जिल्लाबासी खुसिले गदगद
असोज- १६/ बैतडीको पाटन बिमानस्थल सञ्चालन हुने भएपछि बैतडीका नागरिकहरुमा उमँग छाएको छ । लामो समयपछि बिमानस्थल सञ्चालनमा आउने भएपछि जिल्ला बासीमा उमँग छाएको हो । पाटन बिमानस्थल सञ्चालनमा आए नागरिकहरुले हवाइ सेवा पाउने नै भए आपत बिपत्तमा पनि छिटोछरितो उपचार सेवा लिन पनि सहज हुने भएको छ ।
लामो समयदेखि बन्द रहेको विमानस्थल सुचारु हुने भएपछि स्थानीय बासिन्दा खुसी भएका हुन । हवाइ सेवा नियमित सञ्चालन भए जिल्लामा रहेका निङ्गलाशैनी, जगन्नाथ, उदयदेव मन्दिर, पत्ताल भुवनेश्वर जस्ता धेरै पर्यटकीय सम्भावना बोकेका स्थानहरुको विस्तार हुने र पर्यटकहरुको आगमनले जिल्लाकाे व्यापार व्यवसायमा पनि वृद्धी हुने स्थानिय एनपि पन्तले बताउनुभयाे ।
पाटन नगरपालिका वडा नं ६ मा रहेको पाटन बिमानस्थलको उद्घाट हुनेभएको छ । बिमानस्थलको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराइने गर्ने भएका छन । शनिबार प्लेन चाटर्ड गरी पर्यटन मन्त्री भट्टराई बैतडी आउनु हुने र बिमानस्थलको औपचारीक उद्घाटन हुने बैतडीकाबाट निर्वाचि संघिय सांसद दामोदर भण्डारीका स्वकिय सचिव लोकेन्द्र भण्डारीले बताउनुभयो । अहिले परिक्षण उडान हुने बताइको छ ।
बिमानस्थलबाट नियमित उडान भए जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन हुने र त्यसबाट यहाँको व्यापार व्यवसाय पनि प्रवद्धन हुने विश्वास गरिएको छ । ग्याल्वा च्यामलिंगा जगदम्बा जेभीले पाटन विमानस्थल कालोपत्रे गर्ने कार्य गरेको हो ।
पाटनमा विमानस्थलमा ५९० मिटर लम्बाइ र २० मिटर चौडाइको धावन मार्ग कालोपत्रे गरिएको हो भने ७० मिटर लम्बाइ र ३० मिटर चौडाइको एप्रोन कालोपत्रे गरिएको छ ।