दशरथचन्द नगरपालिकाले ११३ औ नारी दिवस मनायो

बैतडि फाल्गन २४ः  जिल्लाको दशरथचन्द नगरपालिकाले ११३ औ नारी दिवस मनाएको छ । नगरपालिकाले आज सदरमुकाम गोठलापानीमा एक कार्यक्रम गर्दै दिवस मनाएको हो । देशभरि जस्तै बैतडीमा पनि आज विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको हो । लैंगिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार भन्ने राष्ट्रिय नाराका साथ महिला दिवस मनाइएको महिला अधिकारकर्मी सरस्वती नेपालीले बताइन् । दशरथचन्द नगरपालिकाले आज विभिन्न सांस्कृतिक कार्यक्रम गरी मनाएको छ । नगरपालिकाले देउडा प्रतियोगिता गरेर मनाइएको नारी दिवस मनाएको हो । दशरथचन्द नगरपालिकाका ९ वडा र एक महिलाको नेतृत्वको टिम लगाएर १० टिमको सहभागिता रहेको थियो । नगरपालिकाले आयोजना गरेको देउडा प्रतियोगितामा प्रथम वडा न.५ भएको छ । जसले पन्ध्र हजार प्राप्त गरेको छ । द्धितिय हुने दुई र चारले समान ६÷६ हजार प्राप्त गरेका छन । तथा त्रितिय हुने वडा न .३÷८ ले पाँच हजार प्राप्त गरेका छन । र सान्तवना हुने वडा न. ६÷७÷९÷११ र महिला नेतृत्व मञ्नले समान ३÷३ हजार प्राप्त गरेको दशरथचन्द नगरपालिका पशु सेवा अधिकृत तथा देउडा संयोजक ईश्वरी दत्त भटटले बताइन् ।।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.