जिल्ला प्रहरी कार्यालय बैतडीमा विभिन्न घटना बढदै
बैतडी फाल्गुन २४ः जिल्ला प्रहरी कार्यालय बैतडीमा २०७८र७९ मा जम्मा ४६ घटना दर्ता भएका छन । जिल्ला प्रहरी कार्यालय बैतडीमा जमा ४६ घटना दर्ता भएका हुन । घरेलु हिंसा बढदै गएको प्रहरीको तथ्यांक छ । जस्मध्ये घरेलु हिंसा विरुद्धमा २०७८ र ७९मा मा २९ घटना दर्ता भएका छन । यस्तै लैङ्गकिक हिंसा विरुद्धका १७ घटना दर्ता भएको प्रहरीको भनाइ छ । जस्मा ४६ घटनामध्ये ४४ घटना मिलापत्र र २ घटना फर्च्यौट हुन वाकी रहेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता लोक राज जोशीले बताए । यस्तै चालू आर्थिक बर्ष २०७९र८० मा ६४ घटना दर्ता भएका छन । जसमध्ये ५४ घरेलु हिंसा विरुद्धका घटना दर्ता भएको प्रहरीको तथ्यांक छ । यस्तै लैङ्गकिक घटनाका १० मिलापत्र ५९ घटना छन । भने फर्च्यौट हुन ५ घटना वाकी रहेको प्रहरीको भनाइ छ । सबै घटना लगत्तै फर्च्यौट हुने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बैतडीमा घरेलु ,लैङ्गकिक हिंसाका विभिन्न घटना बढदै गएको प्रहरीको भनाइ छ।