पुर्चौडि नगरपालिकाले ११३ औ नारि दिवस विभिन्न कार्यक्रम गरि मनाउदै
हजारी महरा फाल्गुन २४ ः जिल्लाको पुर्चौडि नगरपालिकाले ११३ औ नारि दिवसको अबसरमा आज विभिन्न कार्यक्रम गरि मनाउदै छ । लैङगिक समानता र महिला सशक्ति करण आजको आवश्यकता भन्ने नाराका साथ नारि दिवस मनाउन लागेको हो । दिवसको अबसरमा नगरपालिकाले आज विभिन्न कार्यक्रमको आयोजना समेत गरेको छ । नगरपालिकाले नारि दिवसको अबसरमा वक्तित्वकला महिला चोर खेल,यस्तै वेलुन फुटाउने, घुम्टा्े तेरो चुन्निको भाकामा वडा स्थरीय सामुहिक देउडा प्रतियोगिताको आयोजना समेत गरेको नगरपालिकाले जनाएको छ । कार्यक्रमा प्रथम द्धितिय र त्रितिय हुनेलाइ पुरुस्कारको समेत व्यवस्था गरिएको नगर प्रमुख दिपक वहादुर वंमले बताए । कार्यक्रममा शिक्षक,विद्यार्थी,सुरक्षा निकाएको सहभागिता रहने जनाइएको छ । कार्यक्रम विहान १० बजेबाट सुरु हुने नगरपालिकाले जनाएको छ ।