बैतडीमा मृत फेला परेका युवक बुडालको आफन्तले शव बुझे,अनुसन्धान जारी

बैतडी ः फल्गुन २४ बैतडीमा मृत फेला परेका युवक बुडालको आफन्तले शव बुझेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका –१० खडेनी घर भएका २५ बर्षीय जीवन बुडाल फागुन १३ गते मृत फेला परेका थिए । मृत फेला परेको ११ दिन पछि मंगलबार आफन्तले शव बुझेका जिल्ला प्रहरीकार्यालय बैतडीले जनाएको छ । फागुन १३ गते शनिबार बिहान ११ जना साथीहरुसंगै पिकनिक मनाउन गएका बुडाल राति ९ बजे मृत फेला परेका थिए । राष्ट्रिय अनुसन्धान कार्यालय बझाङमा कार्यरत बुडाल छुट्टी मनाउन घर आएका बेला पिकनिक गएका हुन् । बुडालको हत्या भएको भन्दै परिवारजनले ११ दिन सम्म शव बुझ्न मानेको थिएनन । परिवारका तर्फबाट बुडालसंगै पिकनिक गएका ११ जना र जिप चालकसहित १२ जना प्रहरी नियन्त्रणमा छन् । उनहिरुमा माथि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । यस्तै बुडाल मृत्यु प्रकरणमा प्रदेश मातहतको सिआईबीको टोलिले पनि अनुसन्धान गरिरहेको जिल्ला उनले बताए । मृतक बुडालका आफन्तले घटनाको सत्यतथ्य छानबीनको माग गर्दै आएका छन् । चौलानी नदीमा मृत फेला परेका बुडाल पौडी खेल्न समेत सिपालु थिए । तर कम पानी भएकै ठाउँमा बुडाल मृत फेला परेकाले परिवारजनले हत्याको आशंका गरेका हुन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.