दार्चुलामा जीप दुर्घटना अपडेटः१ को मृत्यु, १० जना घाइते

दार्चुला, फाल्गुन २३ ः दार्चुलामा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । भने १० घाइते भएका छन् । जिल्लाको महाकाली नगरपालिका–४ बाङ्गाबगर मधेश प्रदेश–०३ ००१ ज ०३४० नम्बरको जीप लास्कु खोलामा खस्दा चालकसहित १० जना घाइते भएका हुन्। घाइतेहरूलाई जिल्ला अस्पताल दार्चुलामा उपचार गर्दागर्दै १ जना भारतीय नागरिक ५५ वर्षीय कालीदेवी नेगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घाइते एक ७ वर्षीया बालिका किरन आग्रिलाई थप उपचारका लागि रिफर गरिएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न भने सकेको छैन् । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.