दार्चुलामा जीप दुर्घटना हुँदा ६ जना घाइते

दार्चुला फागुन २३ दार्चुलामा मङ्गलवार आज बिहान जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । दार्चुलाको महाकाली नगरपालिका– ४ बाङ्गाबगर खानेपानी ट्याङ्की नजिक लास्कु खोलामा मधेस प्रदेश–०३ ००१ ज ०३४० नम्बरको जीप दुर्घटना भएको हो । जीप दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्। जीपमा भारतीय नागरिक रहेका बताइएको छ। भारतीय नागरिक डुङरी मन्दिर दर्शन गर्ने आएका बुझिएको छ । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला लगिएको छ । जीप बाङ्गाबगरको जीपपार्कबाट लास्कु खोलामा खसेको हो ।
घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएकोछ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.