सिगाश माध्यमिक बिधालयले होलि खेलेर ४ लाख १५ हजार ४ सय ४० रुपैया संकलन

बैतडी–फागुन २३/जिल्लाको पाटन नगरपालिका वडा ३ मा रहेको सिगाश माध्यमिक बिधालयले होलि खेलेर ४ लाख १५ हजार ४ सय ४० रुपैया आम्दानी गरेको छ । बिद्यालयको समग्र विकासका लागि यहि फागुन १७ गते देखि २२ गते सम्म खेलिएको होलि पर्व २०७९ बाट बिद्यालयले कुल रकम ४ लाख १५ हजार ४ सय ४० आम्दानी गरेको हो । यस अवधिमा विधालयले ५ हजार ४ सय ४० रुपैया रंग, नास्ता र माइक सेलमा खर्च गरेको छ । लगातार ६ दिनको होलि बाट खर्च कटौती गरेर बिद्यालयले जम्मा रकम ४ लाख १० हजार रुपैया बचत गर्न सफल भएको छ ।
धर्म संस्कृतिको जर्गेना, समाजमा आध्यात्मिक सदभावको वृद्धि, समाज, अभिभावक र बिद्यालय परिवारको एकता, अभिभावक बिद्यालयका गतिविधिहरुमा अर्थ पुर्ण सहभागिता र शैक्षिक गुणस्तर सुधारका लागि नयाँ व्यवस्थापन ल्याउने नयाँ क्रियाकलाप संचालनका गर्नका लागी अर्थ संकलन गरिएको विधालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम भाटले बताए। यस्तै विधालयले होलि खेल्नुमा सहयोग गर्नुहुने सम्पुर्ण होलि पात्र, चन्दादाता दानबिर लगायत प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पुर्ण शुभेच्छुक महानुभावलाइ बिद्यालय परिवारले धन्यवाद समेत दिएको छ । यस्तै बिद्यालयले अगामी दिनहरुमा पनि यस्तै साथ सहयोग सहकार्यको अपेक्षा राखेको प्रधानाध्यापक धनी दत्त पन्तले बताउँनु भयो । वि.स २०२२ सालमा स्थापना भएको विधालयले विधालय सुधारका लागि विभिन्न कार्यक्रम गर्दै आएको उक्त विधालयमा अहिले १२ सम्म पढाई भैरहेको छ अहिले विधालयमा पाँच सय जना विधार्थी अध्यनरथ रहेका छन ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.