सुर्नया गाउँपालिका ४ मा रहेको पञ्चदेव आधारभुत विधालयले होलि पर्व मनायो
बैतडी. बैतडीको सुर्नया गाउपालिका ४ डवरालिमा रहेको पञ्चदेव आधारभुत विधालयले होली पर्व मनाएको छ । उक्त विधालयले १७ गते देखी होली खेल्न थालेको हो । बिधालयले आज २२ गते एक कार्यक्रमका बीच होली विशेष कार्यक्रम समापन गरेको छ । विधालयले होली खेलेर एक लाख असी हजार पाँच सय त्रिपन्न रुपैया उठाएको शिक्षक हेमराज भट्टले बताए। होली समापन कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ४ का वडा अध्यक्ष प्रताव महराले उक्त रकम विधालय व्यवस्थापन कोषमा जम्मा गरिने बताउनु भयो । साथै उहाँले विधालयको शैक्षिक गुणस्तर सुधारमा आफुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । यस्तै विधालय व्यवस्थापन समितीका अध्यक्ष करुणाकर भट्टले विधालयको शैक्षिक गुणस्तरमा आफू लागिरहने बताए । यस्तै होलि पर्वमा विधालयका शिक्षक, बिद्यार्थीको सहभागिता रहेको होली सयोजक निरेश प्रशाद भट्टले बताए ।