बैतडीः दुर्घटनामा परि डिलौशैनीका निमित्त प्रमुख प्रशासकिय अधिकृत घाइते

असोज- १६ / बैतडीको डिलौशैनी गाउँपालिकाका निमित्त प्रमुख  प्रशासकिय अधिकृत सडक दुर्घटनामा परि घाइते भएका छन । घरबाट उपचारका लागि अस्पताल जाँदै गर्दा टिकापुर बस पार्क नजिकै दुर्घटनामा परि निमित्त प्रमुख प्रशासकिय अधिकृत पंखबहादुर शाह घाइते भएका हुन ।

बिपरित दिशाबाट आएको सुप्रप्र ३४७४ नम्बरको को मोटर साइकलले भे १ च ८९२६ नम्बरको अटो रिक्सालाई ठक्कर दिदा अटोमा सवार शाहको बयाँ खुट्टा भाँचिएको इलाका प्रहरी कार्यालय टिकापुरका प्रहरी निरीक्षक अरुण बमले रेडियो बैतडीलाई जानकारि दिनुभएको छ ।

मोटर साइकल अटोरिक्सा सहित चालकहरूलाइ  नियन्त्रणमा लिई अनुसन्धान भइरहेको टिकापुर प्रहरीले जनाएको छ। आफ्नै निवासबाट स्वास्थ्य चेकजाँचका  लागि अस्पताल जाँदै गरेका निमित्त प्रमुख प्रशासकिय अधिकृत शाहको नेपालगञ्ज स्थीत वेष्टर्न हस्पीटल बाँकेमा उपचार भइरहेका छ । दुर्घटनामा परि शाहको पहिले भाँचिएको खुट्टानै अहिलेपनि भाँचिएको हस्पीटलका डाक्टर बिनोद कुमार थापाले जानकारिदिनुभयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.