रेडियो बैतडी ३ बर्ष पुरा गरी आजबाट चौथौ बर्षमा प्रबेश,सञ्चालकद्धारा सम्पुर्णमा धन्यबाद ब्यक्त ।।

फागुन १३ बैतडी    रेडियो बैतडीले ३ बर्ष पुरा गरी चौथौ बशन्तमा प्रबेश गरेको छ । बैतडी मल्टीप्रपोज कम्पनीद्धारा दशरथचन्द नगरपालिका २ देहीमाण्डौ सञ्चार चोकमा सञ्चालित रेडियोले आज फागुन १३ गत 4 बर्षमा प्रबेश गरेको हो । “समाज रुपान्तरणको आवाज” भन्ने नाराका साथ सञ्चालित रेडियो बैतडीले २०७६ साल फागुन १३ गतेबाट आफ्नो प्रसारण यात्रा शुभारम्भ गरेको थियो । यो अबसरमा रेडियोलाई यहाँसम्म पुगाउनका लागी सहयोग गर्ने सम्पुर्ण स्रोता बर्ग, बिज्ञापन दाता तथा शुभेच्छुकहरुलाई रेडियो परिवारले धन्याबाद ब्यक्त गरेको छ ।

        स्रोताहरुको अथाह साथ तथा मायाले नै रेडियो यो अबस्थासम्म पुगेको रेडियोका संञ्चालक करुणाकर भट्टले बताउनुभयो । रेडियोले बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम, ताजा समाचार तथा सुचनाहरु पस्किएर स्रोताहरुको माझमा लोकप्रिय बन्न सफल भएको रेडियोका संञ्चालकहरुले बताउनुभयो । समाचारको माध्यमबाट देश तथा बिदेशका ताजा खबरहरु स्रोताहरु सम्म पुगाउने समाज रुपान्तरणको पाटोमा रेडियोले पाईला चालीरहेको भनाई छ । शिक्षा, स्वास्थ्य, संस्कृति तथा जनचासोको बिभिन्न सामाग्रीहरु रेडियोले प्रसारण गर्दै आएको छ । अगामी दिनमा बिभिन्न सामाग्रीहरु रेडियोले थप्दै जाने रेडियो सञ्चालक टिमले जनाएको छ । ५ सय वाट क्षमतामा सञ्चालित रेडियो बैतडीको पहँुच सुदुरपश्चिम प्रदेशका ८ जिल्लासगंै अन्य प्रदेशका बिभिन्न जिल्लाहरुमा समेत रहेको छ । यसको साथै छिमेकी राष्ट्रभारतको पिथौरागड, धारचुला, चम्पावत लागायतका स्थानहरुमा सहज रुपमा रेडियो सुनिदै आएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.