निःशुल्क आँखा शिविर बैतडीको शिबनाथमा सञ्चालन हुदै

बैतडी । बैतडीको शिबनाथ गाउँपालिकामा निशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । यहि फागुन १२ गते देखि गाउँपालिकाको वडा नं ६ मा निशुल्क आँखा चेकजाँच शिविर सञ्चालन हुने भएको हो ।शिबनाथ स्वास्थ्य चौकि हिरापुरमा आँखा शिविर लाग्ने वडा अध्यक्ष भरत राम पार्किले जानकारी दिए । आखाँ सम्बन्धि समस्या भएका नागरिकहरुलाई उपचारका लागि सहज होस भनेर शिबिरको आयोजना गरिएको उनले बताए ।

चेक जाँचकै लागि टाढाटाढा जानु पर्ने वडाबासीको माध्यतालाई मध्यनजर गरेर नागरिकले सेवा पाउन भनेर शिविरको आयोजना गरिएको उनले बताए । शिबिरबाट डाक्टरहरुले अपरेशनको लागि सिफारिस गरेकाहरुलाई उपचारका लागि डडेल्धुरा पठाइने वडा अध्यक्ष पार्कीले बताए ।आँखा उपचार केन्द्र पाटनको प्राविधिक सहयोगमा आँखा सम्बन्धि चेकजाँच सेवा प्रदान हुने भएकाले समस्या भएका बिरामिहरुलाई सेवा लिन आग्रह गरिएको छ । शिविरमा चेकजाँच तथा परार्मश सेवा प्रदान गरिने बताइएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.