आज उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातको सम्भावना

बैतडी आज प्रदेश १ र बाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् समिर अधिकारीका अनुसार आज अन्य क्षेत्रको मौसम भने सामान्यतया सफा नै रहनेछ । केही पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली भए पनि पानी पर्ने सम्भावना खासै छैन । नेपालमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसपालिको हिउँदयाममा खासै पानी परेको छैन । यसले गर्दा सुक्खा र प्रदूषण बढेको छ ।

यस्तै आज राति प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू भागमा आंशिकदेखि सामान्य बदली रहने मौसमविद्ले बताएका छन् । देशका बाँकी भू भागहरूमा आंशिक बदली रहने छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू भागका एक र दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.