बैतडी प्रयोगशालामा ४४ जनाको परीक्षण, १७ जनामा कोरोना पुष्टि

असोज -१६/बैतडीको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनामा कोरोना पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीका  सुचना अधिकारि मोहन ठगुन्नाले दिएको जानकारि अनुसार बैतडीका दुइ जना र दार्चुलाका १५ गरि १७ जनामा कोरोना पुष्टि भएको हाे ।

४४ जनाको परीक्षण गरिएकोमा  १७ जनामा कोरोना देखिएको उहाँले बताउनुभयो । बैतडीको सिगास गाउँपालिकाका एक महिला र पाटन नगरपालिका वडा नं ३ का एक पुरुषमा कोरोना पुष्टि भएको छ ।

यस्तै दार्चुलाको महाकालि नगरपालिकाका ११ पुरुष र ३ महिला , लेकम गाउँपालिकाका १ पुरुषमा कोरोना पुष्टि भएको सुचना अधिकारि ठगुन्नाले बताउनुभएको छ। बैतडीमा आज दुई जना थपिसंगै जिल्लाका कुल कोरोना संक्रमितको सङ्ख्या ४ सय १३  पुगेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.