दशरथचन्द नगरपालिका २ घुसुल्ला मोड नजिकै जिप दुर्घटना

बैतडी  बैतडीमा जिप दुर्घटनामा परेको छ । दशरथचन्द राजमार्ग अन्तर्गत दशरथचन्द नगरपालिका २ घुसुल्ला मोड नजिकै से १ ज ९२७ नम्बरको जिप आइतबार बिहान पौने ११ बजेतिर दुर्घटनामा परेको हो ।

गोकुलेश्वरबाट बैतडी सदरमुकामका लागि छुटेको जिपमा चालक सहित १० जना सवार रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।

दुर्घटनामा परेर ४ जना समान्य घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेमा दशरथचन्ल नगरपालिका १० खडेनीका २३ बर्षीया जानकी बुडाल, दनपा १ पालीका ४० बर्षीय देवदत्त भट्ट, दोगडाकेदार गाउँपालिका ५ का ११ बर्षीया आरती ठगुन्ना र दशरथचन्द नगरपालिका १० का ३० बर्षीय हेमन्तसिंह बुडाल रहेका छन् । उनीहरुको अवस्था समान्य रहेको प्रहरी प्रवक्ता जोशीले बताए । अनियन्त्रित भएर जिप दुर्घटनामा परेको अनुमान गरिएको छ । घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.