दशरथचन्द नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु
फागुन ३, २०७९ दशरथचन्द नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबार देखि यहाँ शुरु भएको छ ।दशरथचन्द नगरपालिकाद्वारा आयोजित उक्त प्रतियोगिता निङ्गलाशैनी खेल मैदान देहीमाण्डौको खेलमैदानमा शुरु भएको हो । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिता अन्तर्गत छात्रछात्रा भलिबल, कबड्डी, एथलेटिक्सका खेलहरु भइरहेका दशरथचन्द नगर खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र चन्दले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुने विद्यालयलाई २५ हजार नगदसहित शिल्ड, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने दोस्रो हुने विद्यालयलाई १५ हजार नगदसहित शिल्ड, ट्रफी र प्रमाणपत्र, तेश्रो हुनेलाई १० हजार नगदसहित शिल्ड, ट्रफी र प्रमाणपत्र प्रदान गरिने बताइएको छ । यस्तै अनुसाशित टिम र मार्चपासमा प्रथम हुने टिमलाई ५÷५ हजार पुरस्कार दिइनेछ । नगरभित्रका १९ विद्यालयका विद्यार्थीले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।