निङ्गलाशैनी मावि देहीमाण्डौंकोे ७५ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न
बैतडी फागुन ०१ दशरथचन्द नगरपालिका वडा नं. २, देहीमाण्डामा रहेको निङ्गलाशैनी माविको सोमबार ७५ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकरबहादुर बोहराको सभा अध्यक्षतामा संचालन भएको यश कार्यक्रमका प्रमुख अतिथि दशरथचन्द नगरपालीकाका प्रमुख पुस्कर राज जोशी (लख्खाभाइ) प्रमुख अतिथी रहेका थिए। यस्तै कार्यक्रममा दशरथचन्द नगरपालीकाका २ का वडा अध्यक्ष सुर्य बहादुर बोहरा दशरथचन्द नगरपालीकाका शिक्षा शाखा प्रमुख हरिश प्रकाश भट्ट लगायत छिमेकी बिद्यालयका प्रतिनिधि एवं अभिभावकहरुको सहभागीता रहेको थियो ।
बार्षिकोत्सव समारोहमा विद्यालयका प्रधानाध्यापक प्रेमसिंह बोहराले १ करोड ५५ लाख ७५ हजार ७५२ बराबरको आय र १ करोड २६ लाख २४ हजार ८१५ बराबरको व्यय विवरण प्रस्तुत गरेका थिए । बार्षिकोत्सवको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु सञ्चालन गरिएको विद्यालयका शिक्षक तिलक बोहराले बताए।
यसैबीच बार्षिकोत्सवको अवसरमा दशरथचन्द नगरपालिका वडा नं २ का वडा अध्यक्ष सूर्यबहादुर बोहराले आफ्ना स्र्वीय बुवा र भाइको सम्झनामा एक लाख बराबरको अक्षय कोष स्थापना गरेका छन् । योगेन्द्र–चन्द्र अक्षय कोष स्थापना गरेर त्यो कोषको ब्याजबाट हरेक बर्ष जेहेन्दार छात्रछात्राहरुलाई छात्रवृति गरिने विद्यालयले जनाएको छ ।
२००४ सालमा स्थापना भएको यश बिद्यालयमा हाल कक्षा १२ सम्मको पठनपाठन भैरहेको छ भने ६०० जना भन्दा बढी बिद्यार्थिहरु अध्ययन रहेको बिद्यालय श्रोतले जनाएको छ ।