बैतडीमा महिला टि–२० क्रिकेट देहिमाडौं बिजेता त्रिपुरा उप बिजेता

बैतडी माघ १७  बैतडीको दशरथचन्द नगरपालिकामा सम्पन्न नगरस्तरीय महिला टि–२० क्रिकेट प्रतियोगिताको उपाधि दनपा २ देहिमाडौंले हात पारेको छ । आज सम्पन्न फाइनल खेलमा दनपा ८ त्रिपुरालाई ७ विकेटले स्तब्ध पार्दै देहिमाडौंले उपाधिमाथि कब्जा जमाएको हो ।
उपाधि हात पारेसंगै देहिमाडौंले नगद २५ हजार, ट्रफि,मेडल हात पार्यो । त्रिपुराले भने नगद १५ हजार, ट्रफि मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
जितका लागि पाएको ६० रनको सामान्य लक्ष्य देहिमाडौंले ७ दशमलब ५ ओभरमा ३ विकेटको क्षतीमा पुरा गर्यो । जसमा कप्तान पिंकी बोहराले अविजित २०, मनिषा बोहराले ११ र कविता बोहरा अविजित १० रनको योगदान गरिन् । त्रिपुराका लागि करिश्मा थापा, जानकी थापा, जानवी मौनी १÷१ विकेट हात पारे ।
त्यसअघि निंग्लाशैनी खेल मैदानमा टस जितेर पहिला ब्याटिंग गरेको त्रिपुरा १४ दशमलब ३ ओभरमा ५९ रनमा अलआउट भयो । उसका लागि माया टमटाले १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । देहिमाडौंका लागि निर्मला बोहरा, आरती बोहरा,बसन्ती बोहराले ३÷३ विकेट हात पारे । देहिमाडौंकी बसन्ती बोहरा ओम्यान अफ द फाइनल भएकी स्कोरर द्रोपती कुँवरले जानकारी दिईन् ।
यसैबीच प्रतियोगिताभर व्यक्तिगत १४९ रन र ५ विकेट हात पारेकी देहिमाडौंकी कप्तान पिंकी बोहरा सर्वोत्कृष्ट खेलाडी चुनिईन् । उनले ३ हजार पुरस्कार पाइन् ।
यस्तै १० विकेट हात पारेकी देहिमाडौंकी बसन्ती बोहरा उत्कृष्ट बलर,१४९ रन बनाएकी देहिमाडौंकी पिंकी बोहरा उत्कृष्ट ब्याटर चुनिइन् । दुबैले जनही एक हजार पाँच सय पुरस्कार पाए । यस्तै दनपा ९ ग्वाल्लेकको टोली अनुशासित टोली घोषित हुदैं तीन हजार पायो । दनपा १० बाराकोटकी पिंयान्सी चन्द उदयीमान खेलाडी चुनिदै एकहजार पुरुस्कार पाएको प्रशिक्षक दीपेन्द्र बोहराले बताउनुभयो ।
सहिद दिवसको अवसरमा दशरथचन्द नगरपालिकाको वार्षिक कार्यक्रम र नगरखेलकुद विकास समितिको आयोजनामा माघ ९ गतेदेखि शुरू भएको प्रतियोगितामा नगरका ७ टोलीको सहभागीता रहेको थियो ।
यस प्रतियोगितामा सहभागी खेलाडीको हौसला बढाउन प्रत्येक खेलमा खाजा खर्च स्वरुप जनही १५० का दरले खेलाडीलाई नगद दिइएको दशरथचन्द नगर खेलकुद विकास समिति अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिनुभयो ।यस्तै समापन समारोहमा दशरथचन्द नगरपालिकाभित्र रहेका अन्तर्राष्ट्रिय खेलाडीलाई दोसल्ला र कदरपत्रसहित सम्मान गरिएको प्रतियोगिता संयोजक वीरसिंह बोहराले बताउनुभयो । यहाँबाट अन्तर्राष्ट्रिय खेल खेलिससेका रितु कनौजिया,अञ्जली चन्द, द्रोपती कुँवर,रेखा रावल र जानकी भट्टलाई सम्मान गरिएको हो ।
समापन समारोहमा दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जोशी लख्खाभाईले खेलकुद क्षेत्रमा सबैभन्दा बढी बजेट विनियोजन गरेर खेलकुदलाई प्राथमिकतामा राखिएको र खेलाडीको क्षमता अभिवृद्धिसंगै भौतिक पूर्वाधार निर्माणमा पनि जोड दिइएको बताउनुभयो । नगरले बार्षिक क्यालेन्डर निकालेर त्यसका खेलकुद प्रतियोगिताका कार्यक्रमहरु बढीभन्दा बढी राखिने उद्घोष गनर््भयो ।
दक्ष खेलाडी उत्पादन गर्ने हेतुले प्रतियोगिताको आयोजना गरेको निकट भविष्यमै अन्य खेलकुदका प्रतियोगिता सञ्चालन गरिने दशरथचन्द नगर खेलकुद विकास समिति अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिनुभयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.