श्री शिवशक्ती आधारभुत बिद्यालयको ३२ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न

बैतडी माघ १६ पाटन नगरपालिका वडा नं. ५, बगाउँ बसन्तपुरमा रहेको शिवशक्ती आधारभुत बिद्यालयका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द बहादुर चन्दको सभा अध्यक्षतामा संचालन भएको यश कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति बैतडीका सदस्य एवं सामुदायिक बिद्यालय व्यवस्थापन समिति सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष प्रेम सिंह भाट रहनु भएको थियो । यस्तै कार्यक्रममा पाटन नगरपालिका वडा नं. ५, का वडा अध्यक्ष फुनि बिहरा, नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडीका जिल्ला अध्यक्ष प्रेमराज भट्ट लगायत छिमेकी बिद्यालयका प्रतिनिधि एवं अभिभावकहरुको सहभागीता रहेको थियो ।

वार्षिकोत्सबको अवसरमा सहिदहरुको तस्बिरमा माल्यार्पण, अन्तर सदनात्मक सास्कृतिक कार्यक्रम सहित बिद्यार्थिहरुका अतिरिक्त कार्यक्रम राखिएको बिद्यालयका प्रधानाध्यापक भान बहादुर चन्दले बताउन भएको छ ।

२०४७ सालमा स्थापना भएको यश बिद्यालयमा हाल कक्षा ८ सम्मको पठनपाठन भैरहेको छ भने ७० जना भन्दा बढी बिद्यार्थिहरु अध्ययन रहेको बिद्यालय श्रोतले जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.