बैतडीमा महिला टि–२० क्रिकेटः द.न.पा. २ देहिमाडौंको विजयी शुरूआत

बैतडी,९ माघ सहिद दिवसको पूर्वसन्ध्यामा बैतडीको दशरथचन्द नगरपालिकामा आजदेखि शुरू भएको नगरस्तरीय महिला टि–२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा दनपा २ देहिमाडौं विजयी भएको छ । उद्घाटन खेलमा देहिमाडौंले दनपा १० बाराकोटलाई ५१ रनले स्तब्ध पार्याे । जितका लागि १३० रनको लक्ष्य पन्छाएको बाराकोट १२.५ ओभरमा ७८ रनमा अलआउट भयो ।
उसका लागि नविना धामीले १८,करिश्मा बुडालले १७,प्रियान्सी चन्दले १२ रन जोडे । देहिमाडौंका लागि निर्मला बोहराले ३, आरती बोहरा, पिन्की बोहरा र मनिसा बोहराले २÷२ विकेट हात पारे । त्यसअघि निङ्लाशैनी खेल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको देहिमाडौं १७.३ ओभरमा १२९ रनमा समेटियो । जसमा आरती बोहराले ४५,बसन्ती बोहराले १८ रनको योगदान गरे । ७.४ ओेभरमा ५२ रनमा ६ विकेट गुमाएर धर्मराएको पारी आरती र बसन्तीले ५८ रनको साझेदारी गर्दै सम्मानजनक स्कोरसम्म पुर्याए। बाराकोटका रिया धामी र ममता बुडालले ३÷३ विकेट हात पारे।
देहिमाडौंका आरती बोहरा ओम्यान अफ द म्याच भएकि स्कोरर तिलक बोहराले जानकारी दिनुभयो । दशरथचन्द नगरपालिकाको वार्षिक कार्यक्रम अनुसार नगरखेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता शुरू भएको हो । यसअघि एक कार्यक्रमकाबीच प्रतियोगिताको उद्घाटन गरिएको प्रतियोगिताका संयोजक विरसिंह बोहराले जानकारी दिनुभयो । उद्घाटन समारोह दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्द,बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दलगायतको उपस्थिति रहेको थियो ।
उद्घाटन समारोहमा बोल्दै उपप्रमुख चन्दले नगरपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखिएको र महिलाहरुको क्रिकेट खेलतर्फ रुची बढाएर दक्ष खेलाडी उत्पादन गर्ने हेतुले प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो । नगरका ७ टोलीको सहभागिता रहेको प्रतियोगिताको प्रथम पुरस्कार नगद २५ हजार, ट्रफि,मेडल र प्रमाण पत्र,द्धितिय पुरस्कार नगद १५ हजार, ट्रफि मेडल र प्रमाण पत्र रहेको दशरथचन्द नगर खेलकुद विकास समिति अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिनुभयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.