सहिद दिबसको पुर्वसन्ध्यामा बैतडीमा महिला टि–२० क्रिकेट प्रतीयोगीता

बैतडी,९ माघ । सहिद दिवसको पूर्वसन्ध्यामा बैतडीको दशरथचन्द नगरपालिकामा आजदेखि नगरस्तरीय महिला टि(२० क्रिकेट प्रतियोगिता शुरू भएको छ । दशरथचन्द नगरपालिकाको वार्षिक कार्यक्रम अनुसार नगरखेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता शुरू भएको हो ।

देहिमाण्डौँ स्थित निङ्गलाशैनी खेलमैदानमा शुरू भएको प्रतियोगिताको एक कार्यक्रमकाबीच उद्घाटन गरिएको प्रतियोगिताका संयोजक विरसिंह बोहराले जानकारी दिनुभयो ।

उद्घाटन समारोह दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्द,बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दलगायतको उपस्थिति रहेको थियो ।

उद्घाटन समारोहमा बोल्दै उपप्रमुख चन्दले नगरपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखिएको र महिलाहरुको क्रिकेट खेलतर्फ रुची बढाएर दक्ष खेलाडी उत्पादन गर्ने हेतुले प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।
नगरका ७ टोलीको सहभागिता रहेको प्रतियोगिताको प्रथम पुरस्कार नगद २५ हजार, ट्रफि,मेडल र प्रमाण पत्र,द्धितिय पुरस्कार नगद १५ हजार, ट्रफि मेडल र प्रमाण पत्र रहेको दशरथचन्द नगर खेलकुद विकास समिति अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिनुभयो ।

यस्तै प्रतियोगितामा ओमेन अफ द सिरिजलाई ३ हजार, बेष्ट बलर र बेष्ट व्याट्स ओमेलनलाई १५र१५ सय, अनुशासीत टिमलाई ३ हजार र ओमेन अफ म्याचलाई ट्रफि प्रमाण पत्र दिइने जनाइएको छ ।
प्रतियोगिताको समापनको दिन माघ १५ गते दशरथचन्द नगरपालिकाभित्र रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई दोसल्ला र कदरपत्रसहित सम्मान गरिने जनाएको छ । निकट भविष्यमै नगरपालिकाले सबै खेलकुद प्रतियोगिता सञ्चालन गर्ने तयारी गरेको नगर खेलकुद विकास समिति अध्यक्ष चन्दको भनाइ छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.