जनकालिका बचत तथा ऋण सहकारी संस्थाको २५ औं वार्षिक साधारण सभा सम्पन्न
२२, पुष बैतडी , बैतडीको दशरथचन्द नगरपालीका – २ मा रहेको जनकालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेड को २५ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष खडक बहादुर बोहराको सभाअध्यक्षतामा तथा दशरथचन्द नगरपालीका वाड नं २ का वडा सदस्य राज बहादुर बोहराको प्रमुख आथित्यतमा शनिबार कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा विशिस्ट अथिती वाड नं.२ का वडा सचिव डम्बर बहादुर बोहराको को उपस्थीती रहेको थियो । संस्थाको आर्थीक प्रतिवेदन कोषाध्यक्ष प्रेम सिह बोहराले प्रस्तुत गर्नू भएको थियो ।
संस्थाको स्थापनाकाल देखि अहिलेसम्मको ६ करोड ३४ लाख ९१ हजार ७ सय ४३रुपैया आय रहेको छ । जिल्लाकै उत्कृष्ट सहकारी संस्थाको रुपमा रहेको उक्त सहकारी संस्थाले सहज रुपमै बचतकर्ताहरुलाई सेवा दिदै आएको छ । यस्तै कार्यक्रममा बोल्नु हुँदै वडा सदस्य बोहराले सहकारी भवनको अभाव भएकाले भवनका लागी आफ्नो क्षेत्रबाट प्रयास गर्ने बताएका छन्। यस्तै कार्यक्रममा बोल्दै विशिस्ट अथितीे वडा सचिव बोहराले समाजमा आर्थीक रुपले समस्यामा परेकाहरुलाई सहुलियत हुने भएकोले सहकारीको बिकास हुनु अपरीहार्य रहेको बताउनु भयो ।
कार्यक्रमको संञ्चालन सेयर सदस्य मनोज बहादुर बोहराले गरेका थिए । कार्यक्रममा संस्थाका सेयर संदस्य साधारण सदस्य, शिक्षक ,समाज सेवी, सुरक्षाकर्मी, पत्रकारहरुको सहभागीता रहेको थियो ।