प्रधानाध्यापकले अनियमितता गरेको भन्दै बैतडीको जनप्रिय आधारभूत विद्यालयमा तालाबन्दी !

बैतडी –बैतडीको एक विद्यालयमा प्रधानाध्यापकले अनियमितता गरेको भन्दै तालाबन्दी गरीएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं. ३ स्थित जनप्रिय आधारभूत विद्यालयमा अनियमितता भएको भन्दै अभिभावकहरुले शुक्रबार तालाबन्दी गरेका हुन् ।

विद्यालयका प्रधानाध्यापक गुणा बोहराले अनियमितता गरेको अभिभावकहरुले आरोप लगाएका छन् । पछिल्लो समयमा विद्यालयमा अनियमितता बढ्दै गएको, शैक्षिक गुणस्तर कमजोर हुँदै गएकाले समस्या समाधानको पहलका लागि सम्बन्धित निकायलाई दबाब दिन तालाबन्दी गरेको अभिभावक मदन लुहारले बताए ।

विद्यालयमा देखिएको समस्या समाधानका लागि पालिकाले समेत चासो नदेखाएको स्थानीयहरुले आरोप लगाएका छन् । विद्यालयमा सञ्चालन भएको दिवा खाजा कार्यक्रममा समेत अनियमितता भएको अभिभावकहरुको आरोप छ ।यता गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले विद्यालयमा देखिएको विवादका बिषयमा छलफल गरेर समस्याको समाधान गरिने बताए । विद्यालयमा देखिएको विवादका बिषयमा नियमसंगत तरीकाले छलफल गरेर अघि बढ्ने उनले बताए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.