बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा हिङलो राख्ने कार्य शुरु !
बैतडी – बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा हिङलो राख्ने कार्य शुरु भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका २ स्थित निङ्गलाशैनी भगवती मन्दिरमा पिङ अर्थात ‘हिङलो’ राख्ने कार्य कार्य शुरु भएको छ ।
मन्दिरमा पहिलो राखिएको पुरानो ‘हिङलो’ जीर्ण भएपछि नयाँ राख्ने कार्य भएको हो । मन्दिरमा परापूर्वकालदेखि नै ‘हिङलो’राख्ने प्रचलन रहेकाले पौष शुक्ल पूर्णिमाको अवसर पारेर शुक्रबार देखि नयाँ ‘हिङलो’ राख्ने तयारी भएको मन्दिरका भण्डारे चक्रबहादुर बोहराले बताए ।।पिङ अर्थात ‘हिङलो’मा भगवतीको सवारी भएर पिङ खेल्ने जनविश्वास रही आएको भण्डारे बोहराले बताए । उनले भने ‘निङ्गलाशैनी भगवती मन्दिरमा परापूर्वकालदेखि नै ‘हिङलो’ राख्ने चलन रही आएको हो ।
मन्दिरमा गएको ७ बर्ष यता हिङलो थिएन् । हिङलो राख्ने परम्परा अनुसार हिङलो राख्न लागिएको हो ।’ पहिलेका बर्ष अगाढी दार्चुलाको लालीबाट सालको काठ ल्याएर मन्दिरमा हिङलो राख्ने चलन रहेको थियो । तर अहिले निङ्गलाशैनी भगवतीकै धार्मिक वनबाट देवदारको हिङलो राख्ने तयारी भएको स्थानीय प्रकाश बोहराले बताए ।