बैतडी पञ्चेश्वरः कर्मचारीमा कोरोना पुष्टि, अत्यावश्यक बाँहेकका सम्पूर्ण सेवा बन्द

आसो-१६ /बैतडीको पञ्चेश्वर गाउँपालिकाले अत्यावश्यक बाँहेकका सम्पूर्ण सेवा बन्द गरेको छ । पालिकामा कार्यरत एजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाले आकस्मिक बैठक डाँकेर अत्यावस्यक बाँहेकका सम्पुर्ण सेवा बन्द गरेको हो ।

गाउँपालिकामा कार्यारत कर्मचारिको धनगढीमा भएको परीक्षणमा कोरोना देखिएको बताइएको छ । उपचारका लागि धनगढी गएका उनमा पिसीआर जाँच गर्दा संक्रमण देखिएको गाउँपालिकाका स्वास्थ्य संयोजक एवँ  निमित्त प्रमुख प्रशासकिय अधिकृत राम सागर साहले जानकारिदिनुएको छ ।

कर्मचारी र स्थानियमा गरि दुई जनामा कोरोना देखिएपछि अर्काे सुचना प्रकाशन नहुँदा सम्मका लागि गाउँपालिकाको कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाँहेकका सम्पूर्ण सेवा बन्द गरिएका उहाँको भनाई छ । गाउँपालिकाका अध्यक्ष गोेख बहादुर चन्दको अध्यक्षतामा बसेको आकस्मिक बैठकले बिहिबार देखि अर्काे सुचना प्रकासन नहुँदा सम्म पालिकाकको कार्यालयबाट प्रदान हुने अत्यावश्यक बाँहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको उहाँले बताउनुभएको छ ।

कर्मचारिमा कोरोना देखीएपछि अध्यक्ष, उपाध्यक्ष देखि संक्रमितको सम्पर्कमा रहेका सबै जनाको कोरोना परीक्षणका लागि स्वाँब संकलन गर्ने कार्य भइरहेको स्वास्थ्य संयोजक साहको भनाई छ ।

पञ्चेश्वर गाउँपालिकामा अहिले सम्म ६२ जनामा कोरोाना संक्रमण पुष्टि भएकोमा ६० जना संक्रमण मुक्त भइसकेका छन भने बाँकि २ जना सक्रिय संक्रमित रहेका छन । संक्रमितको सम्पर्कमा रहेका नागरिकहरुको रिपोर्ट नेगेटिभ आए सेवा सञ्चालनमा आउने गाउँपालिकाले जनाएको छ ।Image may contain: text that says "पज्चेशवूरआािपालिका गाडँ कार्यप्नालिकाकी कार्यालय आम्चोरा, प.स:२०७७/७८ च.न: सुदूरपशिचम प्रवेश, नेपाल मिति:२०७७/६/१५ सूचना सूचना II सूचना।।। उपरोक्त विषय सम्बन्धमा यस गाडपालिकामा कार्यरत एक जना कर्मचारी र एक स्थानिय व्यक्तिमा लक्षण विनाको कोराना संक्रमण पुष्टी भएकाले अन्य सम्पर्कमा आएका व्यक्तिहरुको Contract tracing गरि स्वाव संकलन गर्नुपर्ने भएकाले आजे मिति:२०७७/६/१५ गते साझ ५ बजे देखि लागु हुने गरि अर्को सूचना प्रकाशित नभए सम्म आकश्मिक सेवा बाहेक अन्य सबै सेवाहरु बन्द गर्ने निर्णय भएको हुदा आ-आफ्नो क्षेत्रबाट सहयोग गरिदिन हुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको छ रामसागर शाह नि.प्रमुख प्रशासकीय अधिकृत निप्रमुख प्रशासकिय अधिकृत Scanned withCamScanner"

सम्बन्धित

Leave A Reply

Your email address will not be published.