बैतडीमा स्कारपियोले ठक्कर दिँदा एक महिला घाइते
बैतडी –बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका ५मा स्कारपियोले ठक्कर दिँदा एक महिला घाइते भएकि छन् । दार्चुलाबाट धनगढी गइरहेको भे १ च २९५१ नम्बरको स्कारपियोले ठक्कर दिँदा पैदल यात्री दोगडाकेदार गाउँपालिका ५ की ६८ बर्षीया धुरी ठगुन्ना घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
शुक्रबार दिउँसो साढे १ बजेतिर महाकाली राजमार्ग अन्तर्गत दोगडाकेदार गाउँपालिका ५ दोलीमा बाटो काट्ने क्रममा ठक्कर दिँदा घाइते भएकी ठगुन्नाको देब्रे खुट्टा र टाउकोमा चोट लागेको छ । उनलाई उपचारका लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ । स्कारपियो चालक दोगडाकेदार गाउँपालिका ६ पञ्ज्युनयाँका २६ बर्षीय हरिसिंह कार्की र स्कारपियोलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका बिषयमा अनुसन्धान भइरहेको बैतडी प्रहरीले जनाएको छ ।