बैतडीमा स्थानीय तहका १ सय २५ उजुरी अख्तियारमा , दशरथचन्द र डिलाशैनीका १९ वटा !

बैतडी –बैतडीमा पालिकाहरुका गत आर्थिक बर्ष र चालु आर्थिक बर्षको मंसिर महिना सम्म १ सय २५ उजुरी अख्तियारमा परेको जनाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार बैतडीमा आयोजना गरेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रमका सो तथ्यांक सार्वजनिक गरेको हो । स्थानीय तहहरुले सम्पादन गरेका विभिन्न कामहरु विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दशरथचन्द नगरपालिकाका १९ उजुरी रहेका छन् १९ उजुरी मध्ये ८ उजुरी फर्छयौट भइसकेका छन् भने ११ ओटा बाँकी रहेका छन् ।

पुर्चौंडी नगरपालिकाका ११ उजुरी अख्तियारमा परेका मध्ये ४ ओटा फर्छयौट भएका छन् भने ७ ओटा बाँकी रहेका छन् । मेलौली नगरपालिकाका १५ उजुरी अख्तियारमा परेका छन् । ती मध्ये ४ ओटा फर्छयौट भइसकेका छन् भने ११ ओटा बाँकी रहेका छन् । जिल्लाको पाटन नगरपालिकाका गत आर्थिक बर्ष १५ र यो बर्षका ३ गरेर १८ उजुरी अख्तियारमा परेको मध्ये ६ ओटा फर्छयौट भएका छन् भने १२ ओटा बाँकी रहेका छन् । जिल्लाको सुर्नया गाउँपालिकाका ८ उजुरी मध्ये ५ ओटा फर्छयौट भइसकेका छन् भने ३ ओटा बाँकी रहेका छन् । सिगास गाउँपालिकाका १२ उजुरी मध्ये ४ फर्छयौट भइसकेका छन् भने ८ ओटा बाँकी रहेका छन् । शिवानाथ गाउँपालिकाका गत आर्थिक बर्षका ३ र यो बर्षको एक गरेर ४ ओटा उजुरी अख्तियारमा परेका छन् । ४ ओटै उजुरी फर्छयौट हुन बाँकी रहेको अख्तियारले जनाएको छ ।

यस्तै पञ्चेश्वर गाउँपालिकाका ७ ओटा उजुरी मध्ये २ ओटा फर्छयौट भइसकेका छन् भने ५ ओटा फर्छयौट हुन बाँकी रहेका छन् । दोगडाकेदार गाउँपालिकाका १२ ओटा उजुरी मध्ये ६ ओटा फर्छयौट भइसकेका छन् भने ६ ओटा बाँकी रहेका छन् । जिल्लाको डिलाशैनी १९ उजुरी मध्ये ८ ओटा फर्छयौट भइसकेका छन् भने ११ ओटा बाँकी रहेका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.