केदारेश्वर मावि दुर्गास्थानको ७० औं बार्षिकोत्सव सम्पन्न

बैतडी  ; बैतडीको मेलौली नगरपालिका —२ दुर्गा स्थान स्थित केदारेश्वर माध्यामिक विद्यालय दुर्गास्थानको ७० औं बार्षिकोत्सव तथा अविभावक दिवस एक कार्यक्रमका साथ आज विहीबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमराज पाण्डेयको अध्यक्षतामा सम्पन्न भएको बार्षिकोत्सव समारोहमा मेलौली नगरपालिका —२ का वडा अध्यक्ष कृष्णदत्त भट्ट प्रमुख अतिथी रहेका थिए ।

बार्षिकोत्सव समारोहमा विद्यालयका प्रधानाध्यापक लक्ष्मणदत्त वागले १करोड ७३ लाख ६५ अजार २ सय ४२ आय र १ करोड ५५ लाख १२ हजार ५ सय ८३ व्यय विवरण सहित भौतिक र शैक्षिक वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।बार्षिकोत्सवको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन गर्नुका साथै उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको छ ।

यस्तै हाजिरी जवाफ, भलिबल प्रतियोगिता लगायतका कार्यक्रममा सहभागी भएर उत्कृष्ट भएका विद्यार्थीहरुलाई पनि पुरस्कार वितरण गरिएको प्रधानाध्यापक वागले बताए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.