दामोदर भण्डारी मन्त्री बनेपछि गृह जिल्ला बैतडीमा खुसीयाली मनाइयो
बैतडी; बैतडीबाट निर्वाचित सांसद भण्डारी मन्त्री बनेपछि गृह जिल्ल बैतडीमा खुसियालिमा मनाउन थालिएको छ । २०३० साल कात्तिक २० गते बैतडीमा जन्मेका भण्डारी २०४६ सालदेखि राजनीतिमा सक्रिय रहेका छन् । आफूलाई विकास अभियन्ता र समानताको पक्षधरको रुपमा चिनाउन चाहने ४९ वषर्षीय भण्डारीसँग यसअघि २०७३ सालमा अर्थ राज्यमन्त्री भएर काम गरेको अनुभव छ ।
२०४६ सालको प्रजातन्त्र पुनर्बहालीको आन्दोलनबाट प्रभावित भएर राजनीतिमा आएका भण्डारीले राजनीतिमा लागेको ३३ वर्ष पछि संघीय मन्त्री बन्ने अवसर पाएका हुन् । २०७० देखि बैतडीबाट निरन्तर प्रतिनिधिसभा सदस्यको निर्वाचन जित्दै आएका भण्डारी पार्टी जीवनमा पनि विभिन्न भूमिकामा रहेर काम गर्दै आएका नेता हुन् ।२०५० सालमा अनेरास्ववियूको अध्यक्ष र जिल्ला कमिटी सदस्य भएका उनी ०५६ देखि २०६४ सम्म बैतडीको पार्टी प्रमुख भए । उनी हाल सुदूरपश्चिम प्रदेशका अध्यक्ष छन् ।
सांसद भण्डारी मन्त्री बनेको खुसियालिमा बैतडीमा दीप प्रज्वलन गरिएको छ । सांसद दामोदर भण्डारी मन्त्री बनेपछि उनको गृह जिल्ला बैतडीमा खुसियालिमा दीप प्रज्वलन गरिएको अनेरास्वीयु जिल्ला कमिटि उपसचिव सञ्जु भण्डारीले जानकारी दिए ।खुसियालिमा बैतडीको पाटनमा दिप प्रज्वलन गरिएको उनले बताए । उनका अनुसार दीप प्रज्वलन कार्यक्रममा युवा, विद्यर्थाी बजार व्यवसायी, एमालेका नेता तथा नगरबासीहरुको सहभागियता रहेको थियो ।
माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा गठन गरिएको ८ सदस्यीय मन्त्रीमण्डलमा भण्डारीले मन्त्री पदको शपथ लिएका छन् । मन्त्रालयको भने टुंगो लागेको छैन् भण्डारी मन्त्री भएसंगै जिल्लाको विकासले गति लिने आशा पलाएको छ । बैतडीले पहिलो पटक फुल मन्त्री पाएको हो ।